Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररिलायबल नेपाल लाइफद्वारा वार्षिक साधारणसभाको आह्वान

रिलायबल नेपाल लाइफद्वारा वार्षिक साधारणसभाको आह्वान


काठमाडौैं, असार २३
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही साउन ११ गते काठमाडौँको होटल म्यारियटमा दोस्रो वार्षिक साधारणसभाको आह्वान गरेको हो । कम्पनीले उक्त सभामार्फत कम्पनी वार्षिक वित्तीय विवरण सार्वजनिक गर्नुुका अतिरिक्त आगामी आर्थिक वर्षको लागि जारी गरिने नीतिका विषयमा समेत प्रस्ताव पारित गर्ने तयारी गरेको छ । हाल चुक्ता पुँजी एक अर्ब ४० करोड रूपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १६ करोड ७० लाख २० हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा १५ करोड ४२ लाख ४६ हजार रूपैयाँ रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया