Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंकको ब्रान्ड एम्बास्डरमा महावीरकोे निरन्तरता

नेपाल बैंकको ब्रान्ड एम्बास्डरमा महावीरकोे निरन्तरता


काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ब्रान्ड एम्बास्डरमा डा महावीर पुनलाई पुनः नियुक्त गरेको छ । २०७६ सालदेखि नेपाल बैंकको ब्रान्ड एम्बास्डरमा नियुक्त भएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुनसँगको सम्झौता अवधि पुनः एक वर्ष अवधि थप गरिएको छ ।

यही कात्तिक १२ गते नेपाल बैंक लिमिटेड, प्रधान कार्यालय काठमाडौंमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र डा पुनबीच उक्त ब्रान्ड एम्बास्डर नवीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । उक्त कार्यक्रममा एम्बास्डरमा नियुक्त डा पुनले नेपाल बैंकजस्तो नेपालको बैकिंङ क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थामा ब्रान्ड एम्बास्डरको रूपमा पुनः नियुक्त हुन पाएकोमा खुसी व्यक्त गरे । त्यसैगरी प्रमुख कार्यकारी अधिकृत पाण्डेयले डा. महावीर पुनजस्तो विशिष्ट व्यक्तित्व साथै आम नेपालीको प्रेरणाको स्रोतलाई नेपाल बैंकको ब्रान्ड एम्बासडरको रूपमा निरन्तरता दिन पाउनु आफैँमा गर्वको विषय भएको बताए । साथै, डा पुनले नेपाल बैंक छनौट गरेकोमा उनीप्रति आभार समेत व्यक्त गरे ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x