Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेष्ट बैंकद्वारा वृक्षारोपण

एभरेष्ट बैंकद्वारा वृक्षारोपण


काठमाडौैं, असार २३
एभरेष्ट बैंकले वृक्षारोपण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वातावरणको संरक्षणका लागि टेकु क्षेत्र, काठमाडौँं महानगरपालिका, वडा नं. १२ को वरिपरि वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । यस वृक्षारोपण कार्यक्रम, एभरेष्ट बैंक काठमाडौँं महानगरपालिका वडा नं.१२ को कार्यालय र पीडीएसएस नेपालकोे समन्वयमा सम्पन्न भएको छ । बैंकले जनहितका लागि सधैँ विभिन्न सामाजिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ । सर्भिस विथ स्माइलको नाराअन्तर्गत आफ्ना ग्राहकहरूको फाइदा र सन्तुष्टिको लागि पनि सधैँ तत्पर रहेको छ ।

वृक्षारोपण कार्यक्रमको उद्घाटन बैंकका डीजीएम डा. सन्धीरकुमार र वडा नं. १२ का वडा अध्यक्ष विकास डंगोलले संयुक्तरूपमा बैंकका अधिकारीहरूका साथै पीडीएसएस नेपालका टिमको उपस्थितिमा गरेका हुुन् । हाल बैंकको ग्राहकहरूको संख्या बैंकिङ क्षेत्रमा सबैभन्दा धेरै ११ लाखभन्दा बढी रहेको छ । एभरेष्ट बैंकलाई सर्वश्रेष्ठ व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत गरिएको थियो । यसबाहेक, बैंकले हालसालै क्यामेल रेटिङअन्तर्गत वाणिज्य बैंकहरूको बीचमा सबैभन्दा राम्रो मूल्यांकन गरिएको बैंकको रूपमा चयन भएको छ ।

हालसम्म बैंकको ९५ शाखाहरू, ३१ राजस्व संकलन काउन्टरहरू र एक सय २३ स्थानमा एटीएम रहेका छन् । आफ्नो फराकिलो विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्कमार्फत एभरेष्ट बैंकले पेशेवर र दक्ष बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुुई अर्ब ३५ करोड २४ लाख ५३ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुई अर्ब २१ करोड ४० लाख ५४ हजार रूपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी आठ अर्ब ५१ करोड दुुई लाख सात हजार रूपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ४० अर्ब चार करोड २७ लाख नौ हजार रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब १४ अर्ब ५९ करोड ९१ लाख १४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब ३४ करोड ८३ लाख ८६ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेका बैंकमा शून्य दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब २९ अर्ब ५४ करोड ८१ लाख ५३ हजार रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब चार अर्ब ६४ करोड ४२ लाख २० हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब १० करोड ६२ लाख ८७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव १८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया