Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंक र आईएमएसबीच सम्झौता

सिद्धार्थ बैंक र आईएमएसबीच सम्झौता


काठमाडौं, असार २५
सिद्धार्थ बैंक र आईएमएस सफ्टवेयर प्रालिबीच बिलिङ तथा भुक्तानी सम्झौता भएको छ । बैंकले आईएमएससँग बिलिङ तथा भुक्तानीसम्बन्धी सम्झौता गरेको हो । सम्झौतामा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र आईएमएसका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरेका छन् । सम्झौतापछि बैंक र आईएमएस विशेष साझेदारीमा प्रवेश गरेका छन् जसको मुख्य उद्देश्य आईएमएसद्वारा विकसित बिलिङ र भुक्तानी प्रणालीको माध्यमबाट बैंकिङ सेवाहरू विशेष छुटमा उपलब्ध गराउनु रहेको छ ।

डिजिटल प्रणालीलाई थप प्राथमिक्ता दिँदै बैंकले आफ्ना ग्राहकका लागि पोइन्ट अफ सेल टर्मिनल र क्यूआर कोडको सुविधाको देशभर नै विस्तार गरिरहेको छ । यसै गरी आईएमएसले विभिन्न उत्पादन र सेवाहरूमार्फत आफ्ना ग्राहकलाई उपयुक्त सफ्टवेयर प्रदान गरिरहेको छ । तसर्थ यस सम्झौताले बिलिङ तथा भुक्तानी प्रणाली सरल हुने हुँदा ग्राहक हरूलाई विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया