Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा भट्ट नियुक्त

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा भट्ट नियुक्त


काठमाडौं, असार २६
ज्योति विकास बैंकको सञ्चालक समितिको बिहीबार बसेको बैठकल श्रीचन्द्र भट्टलाई प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको छ । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भट्टले यही आउँदो साउन सात गते बुधबारदेखि आफ्नो कार्यभार सम्हाल्ने बैंकले जनाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका भट्टको बैंक, बीमा र रेमिट गरी आर्थिक क्षेत्रमा दुुई दशकभन्दा बढीको अनुभव रहेको छ ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भट्टले नेपाल इन्भेष्टमेन्ट बैंकमा सहायक महाप्रबन्धक, मेगा बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यभार सम्हालेका थिए । भट्टको विभिन्न क्षेत्रमा उच्चस्तरीय र सशक्त अनुभव रहेको छ ।

हाल ज्योतिले एक सय पाँचवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ५८ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ । हालसम्म बैंकले तीन लाखभन्दा बढी खाताबाट करिब ३५ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई करिब ३० अर्ब रुपैयाँ लगानी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया