Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी लाइफद्वारा जरिवाना शुल्कमा शत प्रतिशत छुट

महालक्ष्मी लाइफद्वारा जरिवाना शुल्कमा शत प्रतिशत छुट


काठमाडौं, असार २९
महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले जरिवाना शुल्कमा शत प्रतिशत छुट दिने भएको छ । कम्पनीले असार मसान्तसम्म ग्राहकको प्रिमियम भुक्तानी विलम्ब भएबापत लाग्ने जरिवाना शुल्कमा शत प्रतिशत छुट दिने घोषणा गरेको हो । कम्पनीका अनुसार कोरोना भाइरस रोकथामका निमित्त लागू भएको लकडाउनको कारण नेपालीमा सृजना भएको अप्ठ्यारो परिस्थितिलाई मध्यनजर गर्दै उक्त छुटको घोषणा गरिएको हो ।

कम्पनीका अनुसार सरकारले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामको लागि चैत ११ गतेदेखि लकडाउन घोषणा गरेकोमा सोही अवधि देखिएको असार ३१ गतेसम्मको विलम्ब शुल्कमा छुट दिने निर्णय गरिएको हो । कम्पनीले यस अवधिमा नवीकरण बीमाशुल्क भुक्तानी गरी आ–आफ्नो बीमालेख सक्रिय गराई अवसरको फाइदा लिन आफूसँग आबद्ध सबै बीमितहरूलाई आग्रह गरेको छ ।

हाल चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा छ करोड ५८ लाख १७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा छ करोड २२ लाख ५४ हजार रुपैयाँ रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया