Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारदोहोरो अंकले घट्यो नेप्से

दोहोरो अंकले घट्यो नेप्से


काठमाडौं, साउन ६
सुरुवाती समयमा उच्च अंकले बढेर दुई पटक पोजेटिभ सर्किट ब्रेक लागेको सेयर बजार परिसूचक अन्तिम समयमा आएर दोहोरो अंकले घटेको छ । मौद्रिक नीति घोषणापछिको दोस्रो दिन सेयर बजार परिसूचक १४ दशमलव नौ अंकले ओरालो लागेर १४ सय ६४ दशमलव ९४ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन दुुई दशमलव ८४ अंकले ओरालो लागेर तीन सय नौ दशमलव ६० अंकमा झरेको छ ।

यसिदिन कुल एक सय ८१ कम्पनीहरूको कारोबार भएका दुई दशमलव ८४ अंकले ओरालो लागेर तीन सय नौ दशमलव ६० अंकमा झरेको छ । यसिदिन कुुल एक सय ८१ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुसार ३३ हजार चार सय ३३ वटा कारोबारमा ७० लाख १२ सय ५८ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम दुुई अर्ब ८० करोड २२ लाख ३३ हजार सात सय १५ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार चारवटा समूहको सूचक उकालो लागेको छ भने आठ वटा समूहको सूचक ओरालो लागेको छ । यसदिन वाणिज्य बैंक समूहको सूचक तीन दशमलव १४ अंकले उकालो लागेर १२ सय ८६ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक १६ दशमलव ९३ अंकले उकालो लागेर १८ सय ५१ दशमलव ५४ अंकमा चढेको छ ।

यसैगरी फाइनान्स समूहको सूचक पनि एक दशमलव १५ अंकले उकालो लागेर छ सय ८१ दशमलव ६८ अंकमा चढेकोमा सामूहिक लगानी कोष समूहको सूचक पनि शून्य दशमलव शून्य एक अंकले उकालो लागेको छ । जलबिद्युुत समूहको सूचक भने यसदिन १२ दशमलव ४५ अंकले ओरालो लागेर एक हजार दशमलव एक अंकमा झरेकोमा लघुवित्त समूहको सूचक पनि ८७ दशमलव ३९ अंकले ओरालो लागेर दुुई हजार चार सय ५० दशमलव ४६ अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि ४१ दशमलव ५५ अंकले ओरालो लागेर छ हजार चार सय ८५ दशमलव ४० अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय ८८ दशमलव ६५ अंकले ओरालो लागेर आठ हजार पाँच सय ७८ दशमलव ४९ अंकमा झरेको छ । यीबाहेक ट्रेडिङ, होटल, उत्पादनमूलक र अन्य समूहको सूचक पनि क्रमशः ३७ दशमलव ८५, ६६ दशमलव ११, एक सय २७ दशमलव ४३ र २२ दशमलव नौ अंकले ओरालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको युनाइटेड फाइनान्सको सेयर मूल्य नौ रुपैयाँ ९४ पैसाले बढेर एक सय ८८ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रुपैयाँ ९० पैसाले बढेर छ सय ८८ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक स्पर्श लघुवित्त वित्तीय संस्था, हिमालयन ऊर्जा विकास कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् ।

गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रुपैयाँ ९८ पैसाले घटेर नौ सय ११ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको मञ्जुुश्री फाइनान्सको सेयर मूल्य नौ रुपैयाँ ७६ पैसाले घटेर तीन सय पाँच रुपैयाँमा किनबेच भएको छ । यीबाहेक शिवम् सिमेन्ट, फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन एनएमबी बैंकको सबैभन्दा बढी रकम कारोबार भएको छ । बैंकको प्रतिकित्ता चार सय ४३ रुपैयाँ अन्तिम मूल्यमा २० करोड १४ लाख ९९ हजार पाँच सय १६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पीको प्रतिकित्ता पाँच सय ६५ रुपैयाँ अन्तिम मूल्यमा १७ करोड ६३ लाख ८२ हजार सात सय ९९ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनआईसी एसिया बैंक, नबिल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् । नेप्सेका अनुसार यसदिन देव विकास बैंकको आठ दशमलव ८५ प्रतिशतको अनुपातमा २७ लाख १६ हजार चार सय २१ दशमलव २९ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया