Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकृषि विकास बैंकको नयाँ काउन्टर

कृषि विकास बैंकको नयाँ काउन्टर


काठमाडौं, साउन ६
कृषि विकास बैंकले नयाँ काउन्टरको सुभारम्भ गरेको छ । बैंकले कृषि विकास बैंकको मुख्य शाखा कार्यालय, पोखराअन्तर्गत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा बैंकको एक्टेन्सन काउन्टर सञ्चालनको कार्य शुभारम्भ गरेको हो । बैंकका अनुसार पण्डित श्रीकान्त सुवेदीद्वारा स्वस्तिवाचनसहित सुरु भएको उक्त कार्यक्रममा बैंकका सञ्चालक सदस्य हरिप्रसाद पराजुली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका उपकुलपति प्राडा बुद्धिबहादुर थापाको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा कृषि विकास बैंक गण्डकी प्रदेश कार्यालय, पोखराका निर्देशक करुणचन्द्र घिमिरेबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन प्राडा नरेन्द्रविक्रम गुरुङलाई प्रतिष्ठानको चेक हस्तान्तरण गरिएको थियो । समारोहमा प्रतिष्ठानका निर्देशक प्राडा अर्जुन आचार्य, प्राडा नरेन्द्रविक्रम गुरुङ, डा. भरतबहादुर खत्री, लेखा प्रमुख निर्मल पौडेललगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

यसैगरी बैंकका गण्डकी प्रदेश कार्यालयका वरिष्ठ शाखाप्रमुख तेजमानसिंह भण्डारी, वरिष्ठ शाखाप्रमुख मोतिप्रसाद पौडेल, वरिष्ठ शाखाप्रमुख महेशप्रसाद पौडेल तथा मुख्य शाखा पोखराका वरिष्ठ शाखाप्रमुख कृष्णकुमारी रेग्मी पौडेल, वरिष्ठ शाखाप्रमुख हिमलाल श्रेष्ठ, शाखा कार्यालय मालेपाटनका प्रवन्धक जनक शर्मालगायत गण्डकी प्रदेश कार्यालय र मुख्य शाखा कार्यालय पोखराका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

सोही अवसरमा प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापाले एक्सटेन्सन काउन्टरबाट तत्काल रकम जम्मा तथा भुक्तानीलगायत खाता खोल्ने कार्यसमेतको व्यवस्था गरिएकोमा खुशी व्यक्त गरेका थिए । उनले कर्मचारी व्यवस्था गरी शीघ्र अस्पतालको बिलिङ काउन्टर सञ्चालन गर्ने, एटीएम सेवा सञ्चालन गर्ने र प्रतिष्ठानको मागबमोजिम आगामी दिनमा सम्पूर्ण बैकिङ सेवा सञ्चालन गर्ने कार्यसहित कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गरे । यसैगरी गण्डकी प्रदेश कार्यालय, पोखराका निर्देशक करुणचन्द्र घिमिरेले भविष्यमा सञ्चालन हुने बैंकिङ सेवाको लागि प्रतिबद्धता व्यक्त गरेको बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया