Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारउकालो लाग्यो सेयर बजार

उकालो लाग्यो सेयर बजार


काठमाडौं, साउन ९
सेयर बजार बजार परिसूचक उकालो लागेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक १० दशमलव १३ अंकले उकालो लागेर १४ सय ४२ दशमलव ६१ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ७४ अंकले उकालो लागेर तीन सय तीन दशमलव ९० अंकमा चढेको छ । यसदिन कुुल एक सय ८७ कम्पनीहरूको कारोबार भइका छन् । जसअनुसार २८ हजार छ सय ४९ वटा कारोबारमा ३३ लाख ९२ हजार नौ सय ६९ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब ३२ करोड ७१ लाख ३५ हजार दुई सय १८ रुपैयाँको सेयर किनबेच भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन कुुल १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये विकास बैंक र सामूहिक लगानी कोष समूहको सूचक क्रमशः तीन दशमलव ६५ र शून्य दशमलव शून्य चार अंकले ओरालो लागेका छन् भने बाँकी समूहको सूचक उकालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक तीन अंकले उकालो लागेर १२ सय ४६ दशमलव ७३ अंकमा चढेकोमा जलविद्युुत् समूहको सूचक छ दशमलव ६२ अंकले उकालो लागेर नौ सय ७२ दशमलव १५ अंकमा चढेको छ । निर्जीवन बीमा समूहको सूचक पनि एक सय ८५ दशमलव सात अंकले उकालो लागेर छ हजार छ सय ३४ दशमलव ३८ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय ५४ दशमलव ६७ अंकले उकालो लागेर आठ हजार पाँच सय ५२ दशमलव ४४ अंकमा चढेको छ । यि बाहेक टे«डिङ, फाइनान्स, उत्पादनमूलक, अन्य र लघुुवित्त ससमूहको सूचक पनि क्रमशः सात दशमलव ९४, ४२ दशमलव ५५, एक दशमलव ४९, चार दशमलव ७७ र २७ दशमलव ६५ अंकले उकालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको तारागाउँ रेजिडेन्सी होटलको सेयर मूल्य १० रुपैयाँले बढेर दुुई सय ३१ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको मल्टीपर्पोस फाइनान्सको सेयर मूल्य पनि १० रुपैयाँले बढेर छ सय ८२ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक ओरन्टल होटल, नेको इन्स्योरेन्स कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको मल्टीपर्पोस फाइनान्सको सेयर मूल्य पाँच रुपैयाँ ३६ पैसाले घटेर एक सय छ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको हिमालयन ऊर्जा विकास कम्पनीको प्रतिकित्ता सेयर मूल्य पनि पाँच रुपैयाँ १० पैसाले घटेर ९३ रुपैयाँमा कारोबार भएको छ । यीबाहेक सिन्धुु विकास बैंक, अपी पावर लिमिटेड आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता पाँच सय ४५ रुपैयाँ अन्तिम मूल्यमा ११ करोड ३२ लाख ३९ हजार छ सय ७९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १३ सय ४२ रुपैयाँ अन्तिम मूल्यमा १० करोड २९ लाख ५६ हजार आठ सय ५३ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनएमबी बैंक, एनआईसी एसिया बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया