Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअजोड इन्स्योरेन्सको सेयर सूचीकृत

अजोड इन्स्योरेन्सको सेयर सूचीकृत


काठमाडौं, साउन १३
अजोड इन्स्योरेन्सको सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) सूचीकृत भएको छ । सोमबार अजोडको एक करोड कित्ता सेयर सूचीकरण भएको हो । सूचीकरणसम्वन्धी सम्झौतामा नेपाल स्टकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले सर्वसाधारण समक्ष एनआईबीएल एस क्यापिटल लिमिटेड (निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत ३० लाख कित्ता साधारण सेयर खुला बिक्री आह्वान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको ३० लाख कित्ता तथा कम्पनीका संस्थापकहरूले लगानी गरेको ७० लाख कित्ता सेयर समेत गरी जम्मा एक करोड कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया