बंगलादेश बैंकद्वारा कम्बल हस्तान्तरण
काठमाडौं, पुस ६
नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिहीबार कागेश्वरी, मनहरा – ६, काठमाडौँ स्थित अनाथ अपाङ्ग आश्रय नेपाललाई ३५ ओटा जाडोको कम्बल हस्तान्तरण गरेको थियो । बैंकले सो अनाथालयमा अनाथ तथा अपाङ्ग बालबालिकाहरुलाई हालको चिसो मौसममा अध्ययन र बसोबासको लागि सहज होस् भनि ब्ल्यांकेट वितरण गरेको जनाएको छ । बैंकका संचालक मुकुन्द नाथ ढुंगेलले सो अनाथ आश्रयका बालबालिकाहरुलाई सहायोग सामग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा सो संस्थाका अध्यक्ष्य गोपलबहादुर कार्कीले सहयोगका लागि धन्यबाद ज्ञापन गरेका छन् ।
साथै बैंकका संचालक मुकुन्द नाथ ढुंगेलले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैं बैंकले आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएका छन् । बैंकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरु तथा बालबालिकाहरुका जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया