Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजारमा ओरालो लाग्ने क्रम यथावत

सेयर बजारमा ओरालो लाग्ने क्रम यथावत


काठमाडौं, साउन १४
सेयर बजारको ओरालो गतिले साताको तेस्रो कारोबार दिन मंगलबार पनि निरन्तरता पाएको छ । यसदिन बजार परिसूचक सात दशमलव ५९ अंकले ओरालो लागेर १४ सय ५४ दशमलव ८९ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६४ अंकले ओरालो लागेर तीन सय पाँच दशमलव ६७ अंकमा झरेको छ । यसदिन कुुल एक सय ८५ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार २१ हजार आठ सय पाँचवटा कारोबारमा ३२ लाख ४७ हजार ६८ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब २५ करोड ९७ लाख ५१ हजार पाँच सय ५७ रूपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये फाइनान्स र सामूहिक लगानी कोष समूहको सूचक क्रमशः शून्य दशमलव १२ र शून्य दशमलव १४ अंकले बढेका छन् भने बाँकी समूहको सूचक ओरालो लागेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक छ दशमलव ७२ अंकले ओरालो लागेर १२ सय ५५ दशमलव २६ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि १२ दशमलव तीन अंकले ओरालो लागेर १८ सय २७ दशमलव ६५ अंकमा झरेको छ । जलविद्युुत् समूहको सूचक पनि तीन दशमलव ६३ अंकले ओरालो लागेर नौ सय ६३ दशमलव ७३ अंकमा झरेकोमा लघुुवित्त समूहको सूचक पनि नौ दशमलव ९९ अंकले ओरालो लागेर दुुई हजार चार सय ८८ दशमलव ६७ अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि ५७ दशमलव ६१ अंकले ओरालो लागेर छ हजार छ सय ८६ दशमलव एक अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ५० दशमलव ५१ अंकले ओरालो लागेर आठ हजार सात सय ५१ दशमलव ९६ अंकमा झरेको छ । यीबाहेक ट्रेडिङ, होटल, उत्पादनमूलक र अन्य समूहको सूचक पनि क्रमश १७ दशमलव ३२, दुुई दशमलव ९८, ३८ दशमलव ३४ र शून्य दशमलव ९७ अंकले ओरालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको एनआईसी एसिया ब्यालेन्स फण्डको प्रतियुनिट सेयर मूल्य पाँच रूपैयाँ ९४ पैसाले बढेर १० रूपैयाँ १६ पैसामा किनबेच भएको छ । दोस्रो स्थानमा परेको ओरन्टल होटल समूहको सूचक चार दशमलव ९६ अंकले बढेर चार सय दुुई रूपैयाँमा कारोबार भएको छ । यीबाहेक नेपाल बैंक, प्रभुु बैंक आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य पाँच रूपैयाँले घटेर ९५ रूपैयाँमा किनबेच भएको छ ।

दोस्रो स्थानमा परेको ज्योति विकास बैंकको प्रतिकित्ता सेयर मूल्य चार रूपैयाँ ९२ पैसाले घटेर एक सय ७४ रूपैयाँमा कारोबार भएको छ । छिमेक लघुुवित्त वित्तीय संस्था, फस्र्ट माइक्रोफाइनान्स वित्तीय संस्था आदिको सेयर मूल्य पनि घटेका छन् । यसदिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता पाँच सय ६६ रूपैयाँ अन्तिम मूल्यमा १० करोड ३५ लाख ७६ हजार एक सय ५९ रूपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १३ सय ७० रूपैयाँ अन्तिम मूल्यमा नौ करोड ८९ लाख २८ हजार नौ सय आठ रूपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनएमबी बैंक, एनआईसी एसिया बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया