सनराइज बैंक र परिसंघबीच समझदारी
काठमाडौं, पुस ६
सनराइज बैंक र नेपाल उद्योग परिसंघ (सीएनआई)बीच सम्झौता भएको छ । बैंकले महिला उद्यमी व्यवसायीहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा परिसंघसँग सम्झौता गरेको हो । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल तथा परिसंघका तर्फबाट महानिर्देशक मेघनाथ न्यौपानेले हस्ताक्षर गरेका छन् ।
सम्झौता कार्यक्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोरले समग्र औद्योगिक विकासमा महिलाहरुको लगानी र दक्षता विकास गर्न परिसंघले लिने पहलमा सनराइज बैंकसँगको सहकार्य फलदायी हुने विश्वास व्यक्त गरे । सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले परिसंघसँगको सहकार्यले महिला उद्यमीहरुलाई उद्योग तथा व्यवसाय विस्तारमा सहज व्यवस्था मिलाउन बैंकले हरदम प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । सम्झौतापश्चात् परिसंघमा आबद्ध सम्पूर्ण उद्यमी÷महिला सदस्यहरुको उद्यमशीलता विकास, सोका लागि आवश्यक सल्लाह र ब्याज अनुदान कर्जा लगानी सम्बन्धमा दुवै पक्ष सहमत भएको छ । सम्झौताअनुसार बैंकले महिला उद्यमीहरुका लागि १५ लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जा स्वीकृत ब्याजदरमा छ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।
साथै, परिसंघमा आबद्ध साना तथा मझौला उद्यमीहरुलाई बैंकले सरलरुपमा कर्जा लिने प्रक्रिया, सहुलियतपूर्र्ण कर्जा, कर्जा उपभोग गर्दाको फाइदा जस्ता कर्जासँग सम्बन्धित जानकारीमूलक तालिम लगायतका कार्यक्रमहरु सञ्चालन गरिने समझदारी भएको छ । सम्झौताअनुसार तालिम तथा अभिमुखीकरण कार्यक्रमको माध्यमबाट नेपाल उद्योग परिसंघका सदस्यहरुमाझ बैंकिङ पहुँच पु-याउने, विशेषतः महिलाहरुको उद्यमशीलता तथा सशक्तीकरणका लागि ब्याज अनुदान कर्जाको अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, नेपाल उद्योग परिसंघमा आबद्ध सदस्यहरु र सनराइज बैंक लिमिटेडको आपसी हितलाई मध्यनजर गरी समय–समयमा अन्य आवश्यक कार्यहरु गर्र्ने, नेपाल उद्योग परिसंघका सदस्यहरुलाई बैंकबाट कर्जा उपभोग गरेको अवस्थामा नयाँ खाता खोल्दा बैंकले जारी गर्ने डेबिट कार्ड, मोबाइल बैंकिङ तथा लकर सुविधामा पहिलो वर्षको वार्षिक शुल्कमा पूर्ण छुट गर्ने, क्रेडिट कार्डका लागि योग्य ग्राहकलाई पहिलो वर्षको सदस्यता शुल्कमा पूर्ण छुटसहितका सबै सुविधाहरु बैंकका सम्पूर्ण शाखा कार्यालयहरुमार्फत उपलब्ध गराइने सम्झौतामा उल्लेख छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया