Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारनेपाल बैंकद्वारा १५ लाख सहयोग

नेपाल बैंकद्वारा १५ लाख सहयोग


काठमाडौं, पुस ६
नेपाल बैंक लिमिटेडले १५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वि विल राइज फाउण्डेसनलाई १५ लाखको चेक हस्तान्तरण गरेको हो । एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले फाउण्डेसनका फुर्वा तेन्जिङ्ग शेर्पालाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुन् । उक्त रकम डेविड लामा बि वाक निर्माणमा प्रयोग गरिने भएको छ । बि वाक पर्वतारोहणको क्रममा बास बस्न प्रयोग गरिने स्टिलले बनेको आधुनिक बासस्थान हो । यो बासस्थान पर्यटक, हिमाल आरोही तथा भरियाहरुले रोल्वालिङ्गबाट टासी लाप्चा पास हुँदै थामेसम्म जान प्रयोग गर्न सक्नेछन् ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया