Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकले नौ दशमलव पाँच प्रतिशत ब्याजमा मझौला कर्जा दिने

सिद्धार्थ बैंकले नौ दशमलव पाँच प्रतिशत ब्याजमा मझौला कर्जा दिने


काठमाडौं, साउन १५
सिद्धार्र्थ बैंक लिमिटेडले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै एसएमई कर्जा अर्थात् साना तथा मझौला कर्जामा आकर्षक योजना ल्याएको छ । बैंकका अनुसार यो योजनाअन्तर्गत ग्राहकहरूले नौ दशमलव पाँच प्रतिशत वार्षिक ब्याजदरमा नै एसएमई कर्जा प्राप्त गर्न सक्नेछन् । कोभिड १९ महामारीले अर्थव्यवसायमा परिरहेको असहज परिस्थितिका बाबजुद पनि कर्जा सुविधालाई सहजीकरण गर्न ‘उद्देश्यकोे जस्तोसुकै परिस्थिति होस्, नरोकियोस् केही गर्ने जोस’ भन्ने नारासहित यो योजना ल्याएको हो ।

सीमित अवधिको लागि ल्याइएको यस योजनाबाट सम्बन्धित सबै पक्षले लाभ लिनसक्ने बैंकले अपेक्षा लिएको छ । यो योजनाले देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेका साना तथा मझौला व्यवसायहरूलाई टेवा पु¥याउने विश्वास बैंकले लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया