Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजारमा सामान्य करेक्सन

सेयर बजारमा सामान्य करेक्सन


काठमाडौं, साउन १६
सेयर बजारमा करेक्सन देखिएको छ । अघिल्ला दिनहरूमा लगातार ओरालो लागेको सेयर बजार परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार सात दशमलव ५३ अंकले उकालो लागेर १४ सय ३९ दशमलव छ अंकमा चढेको छ । क बर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन शून्य दशमलव ४६ अंकले उकालो लागेर तीन सय दशमलव ९५ अंकमा चढेको छ । यसदिन कुुल एक सय ८९ कम्पनीहरूको २१ हजार आठ सय १८ वटा कारोबार भएका छन् । जसबाट ३४ लाख ३० हजार पाँच सय ३२ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब ३२ करोड दुुई लाख ६६ हजार छ सय ७८ रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुसार सबै समूहको सूचक उकालो लाग्दा सेयर बजार पूरै हरियो भएको छ । तीमध्ये वाणिज्य बैंक समूहको सूचक पाँच दशमलव तीन अंकले उकालो लागेर १२ सय ३८ दशमलव ५३ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक पनि शून्य दशमलव ९२ अंकले उकालो लागेर १८ सय सात दशमलव तीन अंकमा चढेको छ । जलविद्युुत् समूहको सूचक पनि सात दशमलव ४२ अंकले उकालो लागेर नौ सय ६८ दशमलव ९० अंकमा चढेकोमा लघुुवित्त समूहको सूचक पनि चार दशमलव सात अंकले उकालो लागेर आठ सय १० दशमलव ५४ अंकमा चढेको छ ।

यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि ५० दशमलव ४६ अंकले उकालो लागेर छ हजार पाँच सय ७६ दशमलव ५९ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि ५५ दशमलव ४९ अंकले उकालो लागेर आठ हजार छ सय १६ दशमलव ६३ अंकमा चढेको छ । यीबाहेक टे«डिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः तीन दशमलव सात, १३ दशमलव ८८, पाँच दशमलव ९५, २७ दशमलव १८, चार दशमलव सात शून्य दशमलव शून्य सात अंकले उकालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० रुपैयाँले बढेर ५५ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको आरम्भ चौतारी लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रुपैयाँ ९६ पैसाले बढेर पाँच सय ४१ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनी आदि परेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको घोडाघोडी लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रुपैयाँ ८५ पैसाले घटेर आठ सय २४ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको गुराँस लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य पाँच रुपैयाँ ३४ पैसाले घटेर आठ सय ८६ रुपैयाँमा किनबेच भएको छ ।

यीबाहेक प्रोग्रेसिभ फाइनान्स, मल्टीपर्पोस फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् । यसदिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता पाँच सय ९९ रुपैयाँ अन्तिम मूल्यमा २२ करोड ९१ लाख ५५ हजार ६३ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १३ सय ५० रुपैयाँ अन्तिम मूल्यमा आठ करोड ९५ लाख ५६ हजार दुुई सय तीन रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनआईसी एसिया बैंक, एनएमबी बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया