Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभुु बैंकको दुुई अर्ब रुपैयाँको ऋणपत्र साउन १९ गतेबाट

प्रभुु बैंकको दुुई अर्ब रुपैयाँको ऋणपत्र साउन १९ गतेबाट


काठमाडौं, साउन १६
प्रभुु बैंकले यही साउन १९ गतेबाट दुई अर्ब रुपैयाँको ऋणपत्रको बिक्री खुला गर्नेभएको छ । बैंकका अनुसार एक हजार रुपैयाँ अंकित मूल्य कायम रहनेगरी २० लाख युनिट ऋणपत्रको बिक्री खुला गर्न लागिएको हो । परिपक्व हुुने अवधि आठ वर्ष तोकिएको वार्षिक १० प्रतिशत ब्याजदरको प्रभुु बैंक डिवेञ्चर २०८४ को खरिदको लागि सर्वसाधारणहरूले न्यूनतम १० कित्तादेखि अधिकतम तीन लाख कित्तासम्मको खरिदको लागि आवेदन दिन सक्नेछन् । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड बिक्री प्रर्वन्धक तोकिएको ऋणपत्रको बिक्री अवधि छिटोमा साउन २३ गते र ढिलोमा भदौ एक गते बन्द हुुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया