Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु क्यापिटलद्वारा तीनवर्षे डिम्याट योजना सार्वजनिक

प्रभु क्यापिटलद्वारा तीनवर्षे डिम्याट योजना सार्वजनिक


काठमाडौं, साउन १६
प्रभु क्यापिटल लिमिटेडले तीनवर्षे डिम्याट योजना सार्वजनिक गरेको छ । क्यापिटलले साउन महिनाभरि डिम्याट खाता खोल्ने ग्राहकका लागि यस्तो योजना सार्वजनिक गरेको हो । ‘प्रभु क्यापिटलसँग जोडौं नाता, पाऊँ तीन वर्षसम्म निःशुल्क डिम्याट खाता’ भन्ने नाराका साथ सञ्चालित योजनाअन्तर्गतको निःशुल्क डिम्याट खाता सुविधा काठमाडौँंको कमलादीस्थित प्रभु क्यापिटल तथा प्रभु बैंकको नेपालभरि रहेका दुुई सय १० वटै शाखाबाट लिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्तालाई खाता खोल्ने प्रक्रियालाई छिटो, छरितो र कम झण्झटिलो बनाउने अभिप्रायले यस क्यापिटलले अनलाइनबाटै डिम्याट तथा मेरो सेयर खाता खोल्न सकिने सुविधासमेत उपलब्ध गराएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार डोमेनबाट अनलाइन फारम खोली ग्राहकहरूले आवश्यक सबै विवरणहरू राखेर फारम सबमिट गरेपछि पाउने रिफरेन्स कोड राखेर नजिकैको प्रभु बैंकको शाखा वा प्रभु क्यापिटलको कार्यालय कमलादीमा ग्राहकले आफ्नो सक्कली नागरिकताका साथ आफैँ उपस्थित भई खाता भेरिफाइ गर्नुपर्नेछ । यसरी अनलाइनबाट बुझाएको डिम्याट खाताको आवेदन भेरिफाइ भएको दुुई घण्टाभित्रै ग्राहकले डिम्याट नम्बर पाइसक्ने क्यापिटलले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया