Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसांग्रिला डेभलपमेन्ट बैंकको ‘सुन कर्जा’ योजना

सांग्रिला डेभलपमेन्ट बैंकको ‘सुन कर्जा’ योजना


काठमाडौं, साउन १६
सांग्रिला डेभलपमेन्ट बैंकले सुन धितो कर्जा योजना सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार यसअन्र्तगत ग्राहकहरूले न्यून ब्याजदरमा आफूसँग भएको सुन धितो राखेर कर्जा लिन सक्नेछन् । यो योजनामा ग्राहकले आफ्नो आवश्यकताअनुसार कर्जा सीमा थप वा घट गर्नसक्ने बैंकले जानकारी दिएको छ । बैंकका अनुसार यो योजनामा न्यूनतम कर्जाको सीमा ५० हजार रुपैयाँ तोकिएको छ । ग्राहकहरूको सुविधालाई ध्यान दिँदै एक घण्टाभित्रै सम्पूर्ण कार्य सम्पादन गरिने बैंकले जानकारी दिएको छ । बैंकले हाल सबै क्षेत्रमा गरी ९१ शाखा कार्यालयहरू र ३० एटीएममार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया