Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमनकामना लघुुवित्त र स्मार्ट लघुुवित्तको एकीकृत कारोबार सुरु

मनकामना लघुुवित्त र स्मार्ट लघुुवित्तको एकीकृत कारोबार सुरु


काठमाडौं, साउन १६
मनकामना लघुुवित्त वित्तीय संस्था र स्मार्ट लघुुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार सञ्चालन गरेका छन् । सिद्धार्थनगरमा केन्द्रीय कार्यालय रहेको मनकामना लघुवित्त र दाङको घोराहीमा केन्द्रीय कार्यालय रहेको स्मार्ट लघुवित्तले एक–आपसमा मर्ज भई मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आइतबारबाट एकीकृत कारोबार सुरु गरेको हो ।

एकीकृत संस्थाको अधिकृत पुँजी १२ करोड ११ लाख ५० हजार पुुगेको छ । चुक्ता पुँजी आठ करोड २२ लाख ५० हजार रुपैयाँ पुुगेको कम्पनीले छिटै नै तीन करोड ८९ लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने तयारी गरेको छ । एकीकृत कारोबारपश्चात् संस्थाको कुुल शाखा संख्या २५ पुुगेको छ भने कुुल ग्राहक सदस्य संख्या १७ हजार पुुगेको छ । संस्थाले पाँच नम्बर प्रदेशमा लघुुवित्त सेवा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया