नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा २६ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने
काठमाडौं, साउन १६
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा २६ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार दुुई सय ७२ दिने मुुद्दती निक्षेपको रूपमा विसं २०७७ भदौ एक गतेदेखि २०७८ जेठ एक गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो ।
यसरी राखिने कुुल रकममध्येमा वाणिज्य बैंकहरूको लागि २० करोड ८० लाख, विकास बैंकहरूको लागि तीन करोड ९० लाख र फाइनान्स कम्पनीहरूको लागि एक करोड ३० लाख रुपैयाँ छुुट्ट्याइएको छ । राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहने इच्छुुक बैंक तथा फाइनान्स कम्पनीहरूले यही साउन १९ गते अपराह्न चार बजेसम्म नेपाल राष्ट्र बैंकमा आफूले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको ब्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्नेछ ।
राष्ट्र बैंकका अनुसार भने रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरू सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरू तोकिएका छन् ।
यसैगरी कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्ट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आवमा सञ्चालन मुनाफा -व्यवस्था पछिको मा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तिमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको एवं रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने प्रावधानहरू तोकिएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- लुम्बिनी प्रदेशमा सरकार विस्तार
- तातोपानी भन्सारमा नौ महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
- मधेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार
- राष्ट्रपतिद्वारा अन्जान शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत
- पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको खोजी
- अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेको छ: मन्त्री भण्डारी
- पाठ्यक्रम विकास केन्द्रले स्वीकृत नगरेका पाठ्यपुस्तक प्रयोग भए कारबाही गरिने
- कपिलेश्वरमा जलिरहेको अवस्थामा युवतीको शव फेला
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया