Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता

एनएमबी बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता


काठमाडौं, साउन १६
एनएमबी बैंक लिमिटेड र सिप्रदी ट्रेडिङबीच सम्झौता भएको छ । बैंकका स्वरोजगारमूलक व्यवसायको दिगो विकास प्रवर्द्धन गर्ने उद्देश्यको साथै सहुलियतपूर्ण कर्जाको सहज कार्यान्वयनको लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र सिप्रदी ट्रेडिङका तर्फबाट उपाध्यक्ष शौरभ राज थपलियाले एनएमबी बैंकमा आयोजित एक पत्रकार सम्मेलनमा हस्ताक्षर गरेका हुुन् ।

यसअन्तर्गत दोस्रो पक्षले सहुलियतपूर्ण कर्जाजस्तै महिला उद्यमशील कर्जा, वैदेशिक रोजगारबाट फर्केर यही उद्यम गर्न लागेका युवाहरू, दलित तथा पिछडिएका समुदाय, शैक्षिक बेरोजगार युवाहरूलाई लक्षित गरी सम्भाव्य उद्यमीहरूको पहिचान गर्ने साथ बैंकले योग्यता पुगेका उद्यमी र संस्थाहरूलाई सहजरूपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रही सवारी साधन खरिद कर्जा प्रदान गर्ने सम्बन्धमा सहकार्य गर्ने लक्ष्य लिएको छ । बैंकले हाल सबै क्षेत्रमा गरी एक सय ६९ वटा शाखाहरू, पाँच वटा विस्तारीत काउन्टरहरू र एक सय ३३ एटीएमहरूमर्फत ग्राहकहरूलाई सेवा पु-याउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया