Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसाताभर आठ अर्ब दुई करोड रुपैयाँको सेयर खरिदबिक्री

साताभर आठ अर्ब दुई करोड रुपैयाँको सेयर खरिदबिक्री


काठमाडौं, साउन १८
यस साता सेयर बजार परिसूचक १४ सय ३९ दशमलव छ अंकमा पुगेर रोकिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय दशमलव ९५ अंकमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा एक सय ७५ कम्पनीहरुको कारोबार भएकाछन । जसअनुसार एक लाख २९ हजार एक सय ७८ वटा कारोबारमा एक करोड ९२ लाख ७५ हजार ३५ कित्ता सेयर खरिद बिक्री हुंदा कारोबार रकम आठ अर्ब दुई करोड २३ लाख ४० हजार सात सय ४४ रुपैयाँ पुगेको छ । कारोबार रकम गत साताको तुलनामा बढी हो ।

गत भने साता धितोपत्र बजारमा एक सय ७३ कम्पनीहरुको कारोबार भएका थिए । जसअनुसार एक लाख २८ हजार तीन सय २६ वटा कारोबारमा एक करोड ९१ लाख ३७ हजार तीन सय ११ कित्ता सेयर खरिद बिक्री हुंदा कारोबार रकम सात अर्ब ५९ करोड ६६ लाख ६७ हजार तीन सय ८९ रुपैयाँ पुगेको छ । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुल्ला रहेको थियो । जसमध्ये पहिलो र पाँचौं दिन सेयर बजार उकालो लागेको भएपनि दोस्रो, तेस्रो र चौथो दिन भने बजार ओरालो लागेको थियो ।

दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो दिन बजार परिसूचक २२ दशमलव चार अंकले बढेर १४ सय ६५ दशमलव १० अंकमा चढेको थियो । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५९ अंकले उकालो लागेर तीन सय सात दशमलव ५३ अंकमा चढेको थियो । दोस्रो दिन भने बजार परिसूचक दुई दशमलव ६२ अंकले ओरालो लागेर १४ सय ६२ दशमलव ४८ अंकमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव २२ अंकले ओरालो लागेर तीन सय सात दशमलव ३१ अंकमा झरेको थियो । तेस्रो दिन पनि बजार परिसूचक ओरालो लागेको थियो ।

उक्त दिन बजार परिसूचक सात दशमलव ५९ अंकले ओरालो लागेर १४ सय ५४ दशमलव ८९ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६४ अंकले ओरालो लागेर तीन सय पाँच दशमलव ६७ अंकमा झरेको थियो । यसैगरी चौंथो दिन पनि बजार परिसूचक २३ दशमलव ३६ अंकले ओरालो लागेर १४ सय ३१ दशमलव ५२ अंकमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव १८ अंकले ओरालो लागेर तीन सय दशमलव ४९ अंकमा झरेको थियो । अन्तिम कारोबार दिन भने बजार परिसूचक सात दशमलव ५३ अंकले उकालो लागेर १४ सय ३९ दशमलव छ अंकमा चढेको थियो । उक्त दिन सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ४६ अंकले उकालो लागेर तीन सय दशमलव ९५ अंकमा चढेको थियो ।

यस साता बढी रकम कारोबार गर्ने नेपाल पुनर्बीमा कम्पनी, एनएमबी बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनआईसी एसिया बैंक, एनएमबी बैंक आदि परेकाछन । कारोबार भएको सेयर संख्याको आधारमा पनि नेपाल पुनर्बीमा कम्पनी, एनएमबी बैंक, एनआईसी एसिया बैक आदि परेकाछन । बजार पुंजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेकाछन । यस साता नेप्सेमा सिटिजन्स बैंक इन्टरनेशन लिमिटेड, अजोड इन्स्योरेन्स कम्पनी, मेगा बैक, आरम्भ चौतारी लघुवित्त संस्था र महुली लघुवित्त वित्तीय संस्था संस्थाको बोनस एवं मर्जर तथा प्राप्तीपश्चात् कायम भएको सेयर सुचीकृत भएकाछन ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया