Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसनराइज बैंक र हङ्गकङ्गस्थित एटी सर्भिसबीच सम्झौता

सनराइज बैंक र हङ्गकङ्गस्थित एटी सर्भिसबीच सम्झौता


काठमाडौं, साउन १८
सनराइज बैंक लिमिटेड र र हङ्गकङ्गस्थित एटी सर्भिसबीच अनलाइन माध्यमबाट विप्रेषण सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार हङ्गकङ्गमा रहेका नेपालीले नेपालमा पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ । यसरी एटी सर्भिसमार्फत पैसा पठाउँदा तुलनात्मक अधिकतम उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको छ ।

एटी सर्भिसमार्फत हङ्गकङ्गबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंकका देशभर रहेका एक सय ३४ शाखाहरु र १० वटा विस्तारित काउन्टर तथा बैंकका देशभर छरिएका १० हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत सजिलै नगद भक्तानी लिन सकिनेछ । साथै बैंक खातावालाको हकमा भने यो सेवा सनराइज बैंकको खातामा मात्र सीमित नभई देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ । बैंकको विस्तारित सेवाबाट नेपालमा वैधानिक तवरले विप्रेषण रकम भित्रिनेमा बैंक विश्वस्त छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया