Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबोर्डलाई मायाको चिनो प्रदान

बोर्डलाई मायाको चिनो प्रदान


काठमाडौं, साउन १८
नेपाल इन्भेष्टर फोरमले नेपाल धितोपत्र बोर्डलाई मायाको चिनो अर्थात् टोकन अफ लभ दिएको छ । फोरमका अध्यक्ष छोटेलाल रौनियारले शुक्रबार बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई भेटेर उक्त चिनो दिएको फोरमले जानकारी दिएको छ । फोरमका अनुसार धितोपत्र बोर्डको २८औँ वार्षिक उत्सवमा उक्त चिनो दिने भनिए पनि कोरोना भाइरस (कोभिड–१९) का कारण असहज परिस्थिति सिर्जना भएकाले शुक्रबार प्रदान गरिएको फोरमले जनाएको छ । चिनो हस्तान्तरण कार्यक्रममा फोरमका तर्फबाट अन्य पदाधिकारीसहित धितोपत्र बोर्डका निर्देशकहरू र लगानीकर्ता संघका पदाधिकारीहरु समेतको उपस्थिति थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया