Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल फाइनान्समा सञ्चालक नियुक्ति

नेपाल फाइनान्समा सञ्चालक नियुक्ति


काठमाडौं, साउन १८
नेपाल फाइनान्स कम्पनीको रिक्त रहेको दुई सञ्चालक नियुक्त भएका छन् । सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्दै पानस इनभेष्टमेन्ट प्रालिको तर्फबाट रोजिना श्रेष्ठ र स्वतन्त्र संचालकमा आनन्द कृष्ण ताम्राकार नियुक्त भएका छन् । यो नियुक्तिसँगै कम्पनीको सञ्चालक समितिले पूर्णता पाएको छ ।

नेपाल राष्ट्र बैंकले फाइनान्सलाई पाँच वर्षअघि समस्याग्रस्त घोषणा गरिएकोमा २०७६ मंसिर २५ गतेबाट सशर्त फुकुवा कारोबार शुभारम्भ गरेको थियो । प्रमुख कार्यकारी अधिकृतमा उद्धवराज थपलियाको नेतृत्वमा असार मसान्तसम्म २१ करोड निक्षेप संकलन गरी १२ करोड कर्जा प्रवाह गर्न फाइनान्स सफल भएको छ ।

कमलादीमा केन्द्रीय कार्यलय तथा नयाँसडकमा शाखा कार्यालय रहेको संस्थाले भविष्यमा देशका विभिन्न भागमा सखा सञ्चालनमा ल्याउने गरी कार्ययोजना तयारी गरेको छ । प्रा. हिरेन्द्रमान प्रधान अध्यक्ष, चन्द्र कुमार राई, दिप्रश शाक्य, राजन प्रजापती, रोजिना श्रेष्ठ, आनन्द कृष्ण ताम्राकार र लक्ष्मी महर्जन गरी फाइनान्समा सात जना सञ्चालक छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया