Techie
वित्त पूँजी बजार

एनएमबी बैंक र एन–क्लाउडबीच डिजिटल भुक्तानी सम्झौता

काठमाडौं, साउन १८
एनएमबी बैंकले यातायातजगत्मा डिजिटल भुक्तानी च्यानल प्रवद्र्धन गर्न एन–क्लाउड प्राइभेट लिमिटेडसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौताले सम्पर्करहित कार्ड र पिओएस टर्मिनलहरूको माध्यमबाट सार्वजनिक यातायातहरूमा डिजिटल भुक्तानी संकलन प्रणाली लागू गर्नेछ । यस परियोजनाको सुरुवात किपु बस सेवा प्रालिसँग हुनेछ जहाँ यात्रुहरूले बस भाडा कार्डको प्रयोग गरी सम्पर्करहित भुक्तानी गर्न सक्नेछन् । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र एन–क्लाउडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र नारायण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

कोभिड–१९ को प्रतिकूल परिस्थिति र अपनाउनुपर्ने सुरक्षा उपायस्वरुप गरिएको यो सम्झौता सामाजिक दूरी कायम गर्न मद्दत पु-याउन यातायात क्षेत्रमा यस परिवेशमा प्रदान गरिएकोे पहिलो प्रयास हो । यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशनअनुरूप डिजिटाइसनतर्फ केन्द्रित रही नगदबाट नगदरहित समाज रूपान्तरणको दिशामा उन्मुख छ । बैंकले चाँडै अन्य बस समितिसँग समझदारी गरी समानान्तर बस भाडा संकलन प्रणालीको लागी अन्य बस अपरेटरहरूसँग पनि सहकार्य सुरू गर्ने उद्देश्य लिएको छ । ‘हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामिलामा कुनै सम्झौताविना ग्राहकलाई विद्युतीय वित्तीय सेवाहरु छनौट गर्न सहयोग पु-याउने सुरक्षित वातावरण तयार पार्नु हो’, बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिकृया

यो पनि पढनुहोस