Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल एसबीआई बैंकका ग्राहकलाई कम्फर्ट ट्रेडर्समा विशेष छुट

नेपाल एसबीआई बैंकका ग्राहकलाई कम्फर्ट ट्रेडर्समा विशेष छुट


काठमाडौं, साउन १८
नेपाल एसबीआई बैंकका ग्राहकले कम्फर्ट नेपाल ट्रेडर्स (जकी ब्राण्डको आधिकारिक बिक्रेता)मा विशेष छुट पाउने भएकाछन् । बैंकका भिसा डेबिट कार्ड बाहक ग्राहकले कम्फर्ट नेपाल ट्रेडर्सको सामान खरिदमा कार्ड प्रयोग गरेबापत १० प्रतिशत र अन्य विशेष छुट पाउने भएकाहुन् । सम्झौतामा बैंकमा तर्फबाट प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत छपिराज पन्त तथा कम्फर्ट नेपालका ट्रेडर्स नेर्देशक कुनाल अग्रवालले सम्झौता गरेका छन् । यसैबीच बैंकले चिरायु नेशनल हस्पिटलसँग पनि सम्झौता गरेको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटको सेवामा १५ प्रतिशत छुट पाउने भएका छन् । बैंकका सबै भिसा डेबिट कार्डवाहक ग्राहकलाई लक्षित गरी चिरायुमा कार्ड प्रयोग गरेबापत सो मात्राको छुट पाइनेछ । उक्त सम्झौतामा पनि बैंकका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत छपिराज पन्त तथा चिरायु नेसनल हस्पिटलका निर्देशक सञ्जीव राजभण्डारीले हस्ताक्षर गरेका हुन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया