Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंकद्वारा ‘स्क्यान एण्ड विथड्र’ सुरु

नबिल बैंकद्वारा ‘स्क्यान एण्ड विथड्र’ सुरु


काठमाडौं, साउन १८
नबिल बैंकले ‘स्क्यान एण्ड विथड्र’ नामक योजना सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार यो योजना सुरु भएपश्चात् नबिल बैंकबाट विना चेक एक लाख रुपैयाँसम्मको रकम झिक्न सकिने भएको छ । आफ्ना ग्राहकहरूलाई नयाँ पद्धतिको बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले ‘स्क्यान एन्ड विथड्र’ सुविधाको सुरुवात गरेको जानकारी दिएको छ । यसअन्तर्गत ग्राहकहरूले चेकको प्रयोग नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक एक लाख रुपैयाँसम्म रकम झिक्न सक्नेछन् । बैंकले हाललाई यो सेवा काठमाडौँ उपत्यकाका सबै शाखाबाट उपलब्ध गराएको छ । छिटै नै यो सेवालाई देशभरिका शाखाहरूमा उपलब्ध गराउने तयारी बैंकले गरेको छ ।

यो सेवाका बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले भने, ‘अब नबिल बैंकका ग्राहकहरूले चेक÷एटीएम कार्ड बोक्न बिर्सिए भने आफ्नो मोबाइल बैंकिङ एपमा लगइन गरेर बैंक काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी आफ्नो खाताबाट रकम झिक्न सक्नेछन् । विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबार गर्न र संक्रमणको जोखिम न्यूनीकरण गर्नका लागि बैंकले यो पद्धतिमार्फत बैंक कर्मचारी र ग्राहकको सम्पर्क सकेसम्म घटाएको प्रमुख कार्यकारी शाहले जानकारी दिएका छन् । ग्राहकले क्यूआर कोड स्क्यान गर्दा अब स्वतः ग्राहकको खाताबाट रकम घट्ने र बैंकको कर्मचारीले केवल ग्राहकलाई झिक्न खोजिएको रकम हस्तान्तरण गर्नेछन्, प्रमुख कार्यकारी अधिकृत शाहले भने ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया