Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसूर्योदय लघुवित्तको ४६ दशमलव ८२ प्रतिशत लाभाशं

सूर्योदय लघुवित्तको ४६ दशमलव ८२ प्रतिशत लाभाशं


स्याङ्जा, पुुस ७
१० करोड ७९ लाख १९ हजार चुक्ता पुँजी रहेको सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड स्याङ्जाले ४६ दशमलव ८२ प्रतिशत लाभांश प्रदान गर्ने भएको छ । २३ जिल्लामा ५० शाखा रहेको लघुवित्तले सेयरधनीलाई ४४ दशमलव ४८ प्रतिशत बोनस सेयर र दुई दशमलव ३४ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश प्रदान गर्न लागेको हो ।

लघुवित्तले आर्थिक वर्ष ०७५/७६ मा तीन करोड ६३ लाख ४८ हजार तीन सय ३८ रूपैयाँ खुद मुनाफा गरेको सातौँ वार्षिक साधारणसभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत मोक्षप्रसाद पंगेनीले बताए । लघुवित्तले असार मसान्तसम्म छ अर्ब आठ करोड ८१ लाख ९२ हजार सात सय १४ रूपैयाँँ लागनी गर्दै सो रकम मुनाफा गरेको हो । लघुवित्तको सेयर पुँजीसँगै चुक्ता पुँजी १५ करोड ५९ लाख १९ हजार पुग्ने प्रमुख कार्यकारी अधिकृत पंगेनीले जानकारी दिए । २०७० सालमा आषढ ६ गते पुतलीबजार नगरपालिका १ मा प्रधान कार्यालय बनाई राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतप्राप्त लघुवित्तले यस वर्षको मंसिर मसान्तसम्म तीन करोड १४ लाख खुद मुनाफा आर्जन गरेको पंगेनीले बताए ।

सूर्याेदय लघुवित्त स्याङ्जा, म्याग्दी, पर्वत, बाग्लुङ, लम्जुङ, रोल्पा, प्युठान, अर्घाखाँची, गोरखा, तनहुँ, कास्की, सल्यान, नवलपुर, मनाङ, कपिलवस्तु, नवलपरासी, दाङ, बाके, बर्दियालगायतका २३ जिल्लामा विस्तार भएको अध्यक्ष अनन्तकुमार श्रेष्ठले बताए । उनले एक अर्ब ८० करोड कर्जा रहेको लघुवित्तको ७३ करोड ४३ लाख बचत र ३९ हजार सात सय सदस्य रहेको बताए ।

साधारणसभामा सेयर सदस्य तथा गण्डकी प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा. गिरीधारी शर्माले विनाधितो लगानीले जोखिम बढिरहेको धारणा व्यक्त गरे । लघुवित्तले महिलाको सशक्तीकरणमा योगदान पु¥याएको बताउँदै शर्माले लघुवित्तमा डुप्लिकेसन हुने बताए । कार्यक्रममा अधिवक्ता महेन्द्रमान व्यथित, पत्रकार महासंघका अध्यक्ष ओम प्रकाश शर्मा, सञ्चालक गुणखर सापकोटा, सञ्चालक एकबहादुर गोदार, कम्पनी सचिव सूर्यप्रसाद पौडेललगायतले लघुवित्तमा सामाजिक उत्तरदायित्व धेरै हुनुपर्नेमा जोड दिएका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया