Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ रेमिटको ७६ पुरस्कार वितरण

मुक्तिनाथ रेमिटको ७६ पुरस्कार वितरण


काठमाडौं, पुुस ७
मुक्तिनाथ विकास बैंक अन्तर्गत रहेको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागू हुने गरी सञ्चालन गरेको रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियानका भाग्यशाली विजेताहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गरेको छ ।

अभियान अन्तर्गत तोकिएको अवधिभित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउनु हुने वा कुनै पनि रेमिट्यान्स मार्फत पठाएको रकम मुक्तिनाथ विकास बैंकबाट लिने सम्पुर्ण ग्राहकवर्गहरु मध्येबाट भाग्यशाली विजेताहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गरिएको हो । ७६ पुरस्कारहरु मध्ये २५ जनालाई ब्लुुटुुथ स्पिकर, २० जनालाई प्रेसर कुुकर, १५ जनालाई स्मार्ट मोवाईल सेट, सात जनालाई ३२ इन्चको स्र्माट एच डि टिभी, पाँच जनालाई दुुई सय लिटर क्षमताको फ्रिज, तीन जनालाई ल्यापटप, एक जनालाई स्कुुटी बितरण गरिएको बैंकले जानकारी दिएको छ । भाग्यशाली विजेताहरुको घोषणा २०७६ मंसीर १५ गते आईतबार ३ बजे यस विकास बैकको फेसबुुक पेच मार्फत लाईभ गरिएको थियो ।
बैंकले हाल ४२ जिल्लामा एक सय ३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिएकाछन ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया