Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा शर्मा

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा शर्मा


काठमाडौं, साउन १९
मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्यामसुन्दर शर्मा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम शर्मालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको जानकारी दिएको छ ।

शर्मासँग नेपाल सरकारको उच्चपदमा रही विभिन्न मन्त्रालयअन्तर्गत करिब ३९ वर्ष कार्य गरी सकेको अनुभव रहेको छ । व्यवस्थापन विज्ञको रुपमा समेत परिचित शर्माले विभिन्न दातृ निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आएका छन् ।

उनले लिभरपुल विश्वविद्यालय, बेलायतबाट तथा त्रिभुवन विश्वविद्यालयबाट पब्लिक एडमिनिस्ट्रेसन विषयमा स्नातकोत्तर तह, त्रिभुवन विश्वविद्यालयबाट बिजनेश एडमिस्टे«सन विषयमा स्नातकोत्तर तह र सर्रे विश्वविद्यालय, बेलायतबाट, टुरिजम म्यानेजमेन्ट विषयम अध्ययन गरेका छन् ।

बैंकले हाल ४२ जिल्लामा एक सय ३७ वटा शाखाहरुमार्फत ग्राहकका आवश्यकताबमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबाईल बैंकिङ, क्यूआर पेमेन्ट, एटीएम, अनलाइन बैंकिङलगायतका सेवाहरु पनि प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया