Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअनलाइनमार्फत कारोबार गर्ने लगानीकर्ताको संंख्या ४७ हजार

अनलाइनमार्फत कारोबार गर्ने लगानीकर्ताको संंख्या ४७ हजार


काठमाडौं, साउन २१
अनलाइनमार्फत सेयर कारोबार गर्ने लगानीकर्ताहरूको कुल संख्या ४७ हजार २६ पुुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार सेयर कारोबार गर्न अनुुमतिप्राप्त ५९ वटा दलाल कम्पनीहरूसँग आबद्ध दुुई लाख ६४ हजार छ सय ३३ लगानीकर्ताहरूमध्ये ४७ हजार लगानीकर्ताहरू अनलाइन कारोबारमा आबद्ध भएका हुुन् ।

नेप्सेका अनुसार अनलाइनमार्फत कारोबार गर्नेगरी सदस्य दलालबाट युजरनेम र पासर्वड लिने लगानीकर्ताहरूको संख्या ४७ हजार पुुगेको हो । सोमध्ये ब्रोकर नम्बर १ को कुमारी सेक्युरिटिज प्रालिअन्तर्गत पाँच हजार सात सय ३४ लगानीकर्ताहरू रहेकोमा चार सय ६५ लगानीकर्ताहरू अनलाइन कारोबारमा आबद्ध भएका छन् । ब्रोकर नम्बर तीनको अरुण सेक्युरिटिज कम्पनीमा पनि कुुल नौ सय ९० सक्रिय लगनाीकर्ताहरू रहेकोमा दुुई सय २१ जना अनलाइन कारोबारमा आबद्ध भएका छन् । यसैगरी ब्रोकर नम्बर ४ को ओपन सेक्युरिटिजमा दुुई हजार सात सय २६ जना सक्रिय लगानीकर्ताहरू रहेकोमा चार सय ९६ जना लगानीकर्ताहरू अनलाइनमा आबद्ध भएका छन् । ब्रोकर नम्बर पाँचको मार्केट सेक्युरिटिज एण्ड एक्सचेन्जमा पनि दुुई हजार चार सय ४४ सक्रिय लगानीकर्ता रहेकोमा चार सय ४२ लगानीकर्ताहरू अनलाइनमा आबद्ध भएका छन् ।

यसैगरी अग्रवाल सेक्युरिटिजमा छ हजार तीन सय ७२ सक्रिय लगानीकर्ताहरू रहेकोमा पाँच सय ७८ अनलाइन जना अनलाइन कारोबारमा आबद्ध रहेका छन् । नेप्सेका अनुसार जेएफ सेक्युरिटिज प्रालिमा पनि तीन सय चार सय ५२ जना सक्रिय लगानीकर्ताहरू रहेकोमा चार सय ६४ जना अनलाइन लगानीकर्ताहरू रहेका छन् । प्रज्ञान सेक्युरिटिजमा पनि चार हजार नौ सय ३४ सक्रिय लगानीकर्ताहरू रहेकोमा तीन सय १० जना अनलाइनमा आबद्ध छन् । यीबाहेक मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ कम्पनी, नेपाल स्टक हाउस, प्रिमो सेक्युरिटिज, एबीसी सेक्युुरिटिजमा पनि क्रमशः तीन सय १३, नौ सय ३०, पाँच सय ९५ र आठ सय १७ अनलाइन लगानीकर्ताहरू रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया