Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएसएमएल आईसुजुको विशेष बचत प्याकेज सुरु

एसएमएल आईसुजुको विशेष बचत प्याकेज सुरु


काठमाडौं, साउन २१
लक्ष्मी कमर्सियल भेहिकलको एसएमएल आईसुजुले एक नयाँ विशेष बचत प्याकेजको सुरुवात गरेको छ । यस विशेष प्याकेजमार्फत ग्राहकहरुले आम्दानी गर्नुअगावै बचत गर्ने मौका पाउनेछन् । आईसुजुको यस विशेष प्याकेजअन्तर्गत ग्राहकहरुले कमर्सियल भेहिकलको खरिद गर्दा पहिलो ६ महिना गाडी कर्जाको मासिक ब्याजसहितको किस्तामा शतप्रतिशत छुट पाउनेछन् ।

उक्त छुट यस प्याकेजमा आबद्ध बैंकमार्फत फाइनान्स गरिएका मोडेलहरुमा मात्र लागू हुने कम्पनीले जनाएको छ । यस प्याकेजमार्फत ग्राहकहरुले आफूले खरिद गरेको कमर्सियल भेहिकलबाट हुने आम्दानीअगावै बचत गर्न सक्नेछन् । यस्का साथै ग्राहकहरुले निःशुल्क १ वर्षको बीमा, निःशुल्क १ वर्षको सडक कर, सरल फाइनान्स, स्पट एक्सचेन्ज र ३ वर्षको वारेन्टी पाउनेछन् ।

लक्ष्मी कमर्सियल भेहिकल प्रालिले विभिन्न प्रकारको स्कुल बसहरु, व्यापारिक/निजी बसहरु, ट्रक र टिप्परहरु नेपालको सडकको लागि उपयुक्त र स्वीकार्य हुने मोडलहरु नेपाली बजारमा भित्र्याइसकेको छ । यसमा एस७ सिरिज, स्ट्यान्डर्ड, एक्सक्लुसिभ एलएक्स कोचेस, इको म्याक्स मिनी बस, स्मार्ट जीएस सिरिज ट्रक एण्ड टिप्पर र फोरह्विल गाडीहरु समावेश छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया