Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसांग्रिला डेभलपमेन्ट बैंकबाट बिनाचेक एक लाख रुपैयाँसम्म निकाल्न मिल्ने

सांग्रिला डेभलपमेन्ट बैंकबाट बिनाचेक एक लाख रुपैयाँसम्म निकाल्न मिल्ने


काठमाडौं, साउन २१
सांग्रिला डेभलपमेन्ट बैंकबाट चेकबिना नै एक लाख रुपैयाँसम्म निकाल्न मिल्ने भएको छ । बैंकले आफ्ना ग्राहकको सेवा र सुविधालाई ध्यानमा राख्दै क्यूआर कोड स्क्यान गरी उक्त मात्रामा नगद निकाल्न मिल्ने योजना सार्वजनिक गरेको हो । बैंकका अनुसार ग्राहकहरूले आफूले चाहेको रकम आफ्नो आवश्यकताअनुुुसार क्यूआर कोड स्क्यान गरी रकम निकाल्न सक्नेछन् । यो सेवा अहिले बालुवाटार शाखा कार्यालयबाट लिन सकिने बैंकले जानकारी दिएको छ । चेक र एटीएमको विकल्पको रूपमा आएको यो सुविधा उपयोगी हुने विश्वास बैंकले लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया