Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसाधना लघुुवित्तको नाफा चार करोड दुुई लाख

साधना लघुुवित्तको नाफा चार करोड दुुई लाख


काठमाडौं, साउन २१
साधना लघुुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा चार करोड दुुई लाख ८७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा एक करोड ६० लाख ४० हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँ रहेको संंस्थाले गत आवमा ४५ करोड ५३ लाख ५१ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७१ करोड छ लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १३ करोड ७३ लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम पाँच करोड ४० लाख २५ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ६८ प्रतिशत रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने संस्थाले २८ करोड २२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब १८ करोड १५ लाख ८९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड ६२ लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ५९ लाख ३८ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव १६ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया