Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंकको थप दुुई नयाँ शाखारहित बैंकिङ सेवा

ग्लोबल आईएमई बैंकको थप दुुई नयाँ शाखारहित बैंकिङ सेवा


काठमाडौं, साउन २१
ग्लोबल आईएमई बैंकले दुुई वटा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं. १, साधुटार, खोटाङ जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी गाउँपालिका वडा नं. १२, जल्पामा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको हो । यी दुई शाखारहित बैंकिङ सेवा सहित बैंकको शाखारहित बैंकिङ सेवासंख्या २०३ पुगेको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिस होम, सीडीएमए, युटीएल र एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि बैंकले ती स्थानहरूमा शाखारहित बैंकिङ सेवा सुरु गरेको जानकारी दिएको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले नेपालभर ७० वटा जिल्लामा फैलिएको दुुई सय वटा ५७ शाखा, ३९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, दुई सय तीनवटा शाखारहित बैंकिङ सेवा, दुई सय ३४ एटीएम र देशबाहिर तीनवटा अन्तर्राष्ट्रिय प्रतिनिधि/सर्म्पक कार्यालयमार्फत आफ्ना २० लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ । कोरोनाले त्रसित बनाइरहेको अवस्थामा पनि ग्राहकलाई निरन्तर बैंकिङ सेवा प्रदान गर्न सदा तत्पर रहेको जानकारी पनि बैंकले दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया