Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंक मादमे खोला जलविद्युत् आयोजनाको मुख्य व्यवस्थापक

एनएमबी बैंक मादमे खोला जलविद्युत् आयोजनाको मुख्य व्यवस्थापक


काठमाडौं, साउन २१
एनएमबी बैंक लिमिटेडले २४ मेघावाटको मादमे खोला जलविद्युत् आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । बैंकका अनुसार कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माण भइरहेको जलविद्युत् परियोजनामा एनएमबी बैंक अगुवा बैंक रहेको छ भने सह—वित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाहरूमा कर्मचारी सञ्चय कोष, एनआईसी एसिया बैंक र प्रभु बैंक रहेका छन् ।

कुुल २४ मेघावाट क्षमता भएको मादमे खोला जलविद्युत् आयोजनाको कुल लागत चार अर्ब करोड रुपैयाँ रहेको छ । सोमध्ये बैंकहरूको कुल लगानी तीन अर्ब ३२ करोड ५० लाख रहेको छ । यो समेत गरी एनएमबी बैंकको कुुल ४२ वटा जलविद्युत् आयोजनाहरूमा लगानी पुुगेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया