Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय सहकारी बैंकको नाफा ६८ करोड १८ लाख

राष्ट्रिय सहकारी बैंकको नाफा ६८ करोड १८ लाख


काठमाडौं, साउन २३
राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा ६८ करोड १८ लाख ५२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा ४९ करोड ८८ लाख २६ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी दुुई अर्ब २२ करोड ३८ लाख ९९ हजार रुपैयाँ रहेको बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४६ अर्ब ८८ करोड ३० लाख ६१ हजार रुपैयाँ निक्षेप संंकलन गरी २६ अर्ब ६९ करोड ८५ लाख ९६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब १० करोड ७६ लाख ७६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको प्रोभिजन रकम ३७ करोड ५७ लाख ४१ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ७० प्रतिशत रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकले २७ अर्ब ९७ करोड ८१ लाख २५ हजार रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब २२ करोड एक लाख ११ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा बैंकले ९२ करोड २२ लाख ६१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जा एक दशमलव ३४ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया