Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारएनएमबी बैंकको पूर्वस्वीकृत शैक्षिक कर्जा सर्वोत्कृष्ट

एनएमबी बैंकको पूर्वस्वीकृत शैक्षिक कर्जा सर्वोत्कृष्ट


काठमाडौं, पुस ७
एनएमबी बैंकले आफ्नो शैक्षिक कर्जाको योजनालाई विभिन्न आकर्षक विशेषताहरूसहित जीवन्त तुल्याएको बैंकले जानकारी दिएको छ । जसको प्रमुख आकर्षणमा पूर्वस्वीकृत सुविधा रहेको छ भने १५ वर्षसम्मको अवधिका लागि सत प्रतिशत लगानी र चार वर्षसम्मको थप बिलम्बकालीन/ऋण स्थगन अवधि (मोराटोरियम) पनि रहेको छ ।

बैंकले ग्राहक/विद्यार्थीहरूले विदेशमा अध्ययन गर्ने आकांक्षामा आर्थिक अभावको सामना गर्नु नपरोस् र न्यूनतम झन्टट र परिस्कृत उपयोगीतामूलक प्रस्तावका साथ सहजरूपमा शैक्षिक कर्जा प्राप्त गर्न सहज हुन् भन्ने मुख्य उद्देश्यका साथ यी महत्वपूर्ण विशेषताहरू थपेको हो । बैंकले शतप्रतिशतसम्म शैक्षिक लागत, बसोबास र यातायात खर्चका लागि लगानी गर्नेछ ।

साथै, विदेशमा अध्ययनका लागि उनीहरूको प्रायोजकको दायरालाई पनि लचिलो तुल्याएको छ, जसमा बुवा वा आमाका हजुरबुवा–हजुरआमा, सासुससुरासहितका ससुराली परिवार तथा काकाकाकी दुवैलाई प्रयोजकका रूपमा सामेल गर्न सकिने गरी दायरा फारकिलो पारिएको छ । यसका साथै ऋणको अवधि बढाएर १५ वर्ष पु-याइएको छ, जहाँ ऋण स्थगन अवधि कम्तिमा चार वर्ष वा पूरै पाठ्यक्रम अवधिसम्म कायम गरिएको छ । एनएमबी बैंकको हाल देशभरि एक सय ६३ शाखाहरू, एक सय २८ एटीएमहरू र पाँच एक्सटेन्सन काउन्टरहरूको सञ्जाल रहेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया