Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआई–पे रेमिट टिकटक च्यालेन्जमा सहभागी हुने अवसर

आई–पे रेमिट टिकटक च्यालेन्जमा सहभागी हुने अवसर


काठमाडौं, साउन २५
नेपालमा रेमिट्यान्स भित्र्याउने अब्बल स्थानमा रहेको आई–पे रेमिटले नेपाली नारीहरूका लागि विशेष महत्व राख्ने हरितालिका तीजलाई लक्षित गरी टिकटक च्यालेन्ज गर्ने घोषणा गरेको छ । श्रावण २३ गतेबाट सुरु भएको यस प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीहरूले आई–पे रेमिटको तीज गीतमा आफ्नो टिकटक भिडियो बनाई भाद्र ६ गतेसम्ममा अपलोड गरिसक्नु पर्नेछ ।

टिकटक च्यालेन्जमा सहभागी हुनेमध्ये दैनिक पाँच जनाले दुुई सय रुपैयाँको टपअप पाउछेन् भने एक जना भाग्यशाली विजेताले नगद पुरस्कार १५ हजार रुपैयाँ जित्ने मौका पाउनेछन् । अघिल्लो वर्ष पनि आयोजना गरिएको आई–पे रेमिटको टिकटक च्यालेन्जमा देश तथा विदेशबाट उल्लेखनीय सहभागिता देखिएको थियो र यस वर्ष सो सहभागिता थप उल्लासमय हुने अपेक्षा कम्पनीले गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया