लक्ष्मी बैंकको १९औंं वार्षिक साधारणसभा
काठमाडौं, पुस ७
लक्ष्मी बैकले १९औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले आइतबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्ता पुँजी नौ अर्ब ८१ करोड रूपैयाँ पुगेको छ । सभाले आर्थिक वर्ष २०७५/७६ का लागि सञ्चालक समितिको प्रतिवेदन तथासोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै सभाले संस्थापक सेयरधनीका तर्फबाट मनोनित सञ्चालकहरूको नियुक्ति अनुमोदन समेत गरेको छ ।
आव २०७५/७६मा बैंकले ८० अब ३२ करोड रूपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब ८४ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । सोही आधारमा बैंकको वासलातको आकार एक खर्ब छ अर्ब रूपैयाँ पुुगेको छ । सो आवमा बैंकले एक अर्ब ५९ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यसका साथ साथै सम्पूर्ण वित्तीय सूचकहरू नियामक व्यवस्थाअनुरूप नै राम्रो अवस्थामा रहेका छन् ।
सन् २००२ मा स्थापना भएको बैंकले आफ्ना शाखाहरू तथा सूचना प्रविधिको माध्यमबाट बृहत् स्तरमा सेवा प्रदान गर्न सफल भएको छ । तुलनात्मकरूपमा छोटो इतिहासको बाबजुद पनि रिटेल, कर्पाेरेट तथा ट्रेजरीजस्ता सम्पूर्ण वित्तीय सेवाको क्षेत्रमा सेवा पु¥याउने एक प्रमुख बैंकिङ सेवा प्रदायकको रूपमा बंैक अगाडि आएको छ । उच्चस्तरीय संस्थागत सुशासन संस्कार, जोखिम व्यवस्थापन प्रणाली र सक्षम प्रविधिलगायत उत्तम व्यवस्थापन भएको बैंकको रूपमा लक्ष्मी बैंक नेपालमा सर्वत्र परिचित छ ।
लक्ष्मी बैंक एक हरित कम्पनी हो र यसले इन्टरनेट, कार्ड तथा मोबाइल फोनजस्ता प्रविधिका माध्यमको उच्चतम प्रयोगमार्फत हरियालीमैत्री बैंकिङ सेवा प्रदान गर्न सक्षम भएको जानकारी समेत बैंकले दिएको छ । बैंकको इन्भेष्टमेन्ट बैंकिङ सेवा प्रदान गर्ने सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट लि.’ सन् २००९ देखि सञ्चालनमा रहेको छ । यसैगरी देस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.’ ले सन् २०१२ बाट कारोबार सुरु गरी लघुवित्त सेवा प्रवाह गरिरहेको छ । लक्ष्मी बैंकले लक्ष्मी भ्यालु फण्ड एक र लक्ष्मी इक्विटी फण्डनामक दुई म्युचुअल फण्डसमेत सफलतापूर्वक जारी गरिसकेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ केजी सुनसहित गोरखाका घले पक्राउ
- मिटरब्याजीले लिएको सात कठ्ठाबढी जग्गा छलफलबाट फिर्ता
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया