प्रभु बैंकको शाखा तौलिहवामा
काठमाडौं, पुस ७
प्रभु बैंक लिमिटेडले तौलिहवामा पनि शाखा खोलेको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आइतबारदेखि कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. ०१ स्थित तौलिहवामा आफ्नो २०२औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको तौलिहवा शाखा कार्यालयको उद्घाटन कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले एक समारोहबीच गरेका हुुन । यो शाखासहित प्रभुको कुल शाखा संख्या २०२औं एक्सटेन्सन काउन्टर संख्या ३८, शाखारहित सेवा केन्द्र १७ र एटीएम संख्या एक सय ५२ पुगेको छ ।
बैंकको तौलिहवामा शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि सिंहले प्रभु बैंकले तौलिहवामा आफ्नोे शाखासञ्चालनमा ल्याई सर्वसाधारणलाई आफ्नै घरआँगनमा सरल, सहज र अत्याधुनिक बैंकिङ सेवा प्रदान गरी प्रशंसनीय कार्य गरेको बताए । मन्तव्यको क्रममा उनले बैंकको यो अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै बैंकलाई सफलताको शुभकामना समेत व्यक्त गरे । बैंकको तौलिहवा शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, स्थानीय व्यापारी, बुद्धिजीवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
बैंकको तौलिहवा शाखा कार्यालयबाट गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय सर्वसाधारणहरू, उद्योगी व्यापारी तथा अन्य संघसंस्थाहरूले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ बानीको विकासमा अभिवृद्धि भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा तौलिहवा शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एनसेल सेयर बिक्री प्रकरणको छिटो छानबिन गर
- एनआईसी बैंकद्वारा कर्जाको अधिकतम प्रिमियम दर तीन प्रतिशत कायम
- प्रधानमन्त्री र प्राधिकरणको बेइमानीमा फेरि कालोसूचीमै !
- सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन
- श्रीमतीको हत्या अभियोगमा पक्राउ
- बसले ठक्करबाट मोटरसाइकल चालक ३० वर्षीय युवाको मृत्यु
- उपप्रधानमन्त्री खड्का घाना प्रस्थान
- नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणमा छानबिन गर्न माग
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया