Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक

एनएमबी बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक


काठमाडौं, साउन २७
एनएमबी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन २६ गते अर्थात सोमबारबाट लागू हुुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले हाल ग्राहकहरूबीच ३७ प्रकारका साधारण बचत खाता सञ्चालन गरेको छ । यी खाताहरूमा बैंकले न्यूनतम एक प्रतिशतदेखि अधिकतम आठ दशमलव २५ प्रतिशतसम्म तोकेको छ । यसैगरी बैंकले व्यक्तिगत मुद्दतीमा पाँच दशमलव ५० प्रतिशतदेखि सात दशमलव ७५ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ भने संस्थागत मुद्दतीमा सात प्रतिशतदेखि सात दशमलव १० प्रतिशतसम्म ब्याज उपलब्ध गराउने घोषणा गरेको छ ।

बैंकको हाल बेसरेट आठ दशमलव ९५ प्रतिशत र स्प्रेड दर चार दशमलव पाँच प्रतिशत रहेको छ । कर्जातर्फ भने बैंकले हाल सबै प्रकारका गरी ५६ प्रकारका कर्जा योजनाहरू सञ्चालन गर्दै आएको छ । यसमा न्यूनतम १० दशमलव ९५ प्रतिशत देखि १३ दशमलव ९६ प्रतिशतसम्म ब्याज तोकिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया