Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेष्ट बैंकको मुुख्य शाखा दुुई दिनको लागि बन्द

एभरेष्ट बैंकको मुुख्य शाखा दुुई दिनको लागि बन्द


काठमाडौं, साउन २७
एभरेष्ट बैंकको मुख्य शाखा दुुई दिनको लागि बन्द भएको छ । बैंकको लाजिम्पाटस्थित मुख्य कार्यालय र एक शाखामा कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार र मंगलबारका लागि ती शाखामार्फत हुुने कारोबार बन्द गरिएको बैंकले जानकारी दिएको छ । बैंक स्रोतका अनुसार शनिबार लाजिम्पाटस्थित सबै कर्मचारीहरूको पीसीआर टेस्ट गर्दा दुुई जनाको कोभिड १९ को रिर्पोट पोजेटिभ देखिएको थियो ।

उक्त रिर्पोटपश्चात् पोजेटिभ देखिएका दुवै कर्मचारीहरूलाई आईसोलेसनमा पठाइसकेको र आइतबार बैंकको सो कार्यालय ‘डिसइन्फेक्टेड’ गरिएकाले दुई दिनका लागि सेवा बन्द गरिएको बैंक स्रोतले बताएको छ । ती शाखाहरू बन्द भएपछि ग्राहकलाई आफूलाई पायक पर्ने अन्य शाखाबाट वित्तीय सेवा लिन बैंकले आग्रह गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया