Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनयाँ नेपाल लघुुवित्तको २० प्रतिशत बोनस सूचीकृत

नयाँ नेपाल लघुुवित्तको २० प्रतिशत बोनस सूचीकृत


काठमाडौं, साउन २७
नयाँ नेपाल लघुुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार संस्थाको एक लाख ६८ हजार कित्ता बोनस सेयर नियमित कारोबारको लागि सूचीकृत भएको हो । केन्द्रीय कार्यालय काभ्रेको धुुलिखेलमा रहेको संस्थाको पछिल्लो पटक आठ सय ३४ रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भएको छ । बजार पुँजीकरण ८४ करोड छ लाख ७२ हजार रुपैयाँ पुुगेको संस्थाको नेप्सेमा भने प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको १० करोड आठ लाख रुपैयाँबराबरको १० लाख ८० हजार कित्ता सेयर सूचीकृत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया