Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंकको नाफा दुुई अर्ब ५५ करोड

नेपाल बैंकको नाफा दुुई अर्ब ५५ करोड


काठमाडौं, साउन २७
नेपाल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा दुुई अर्ब ५५ करोड ६४ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुुई अर्ब ५९ करोड ६७ लाख ३६ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार दुुई सय रुपैयाँ रहेको बैंकले गत आवको चौथो त्रैमासिक अवधिमा एक खर्ब ४२ अर्ब ११ करोड ४२ लाख ८४ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब चार अर्ब ५८ करोड ८२ लाख ८२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच अर्ब ६१ करोड ८९ लाख ४७ हजार नौ सय ४१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको वितरणयोग्य नाफा दुुई अर्ब २१ करोड चार लाख ९३ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुुपात दुई दशमलव ५९ प्रतिशत रहेको थियो ।

अघिल्लो आवको सोही बैंकले एक खर्ब १७ अर्ब २० करोड सात लाख ८८ हजार रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ४२ करोड १६ लाख ३७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ अर्ब ८१ करोड ८९ लाख ५४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया