Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन लाइफको प्राथमिक सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल

सिटिजन लाइफको प्राथमिक सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल


काठमाडौं, साउन २८
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनआईबीएल एस क्यापिटलबीच सम्झौता भएको छ । कम्पनीले एक सय रुपैयाँँ अंकित मूल्य कायम रहने गरी ७५ करोड रुपैयाँबराबरको ७५ लाख कित्ता साधारण सेयर जारी गर्नको लािग एनआईबीएल एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुुक्त गरेको हो ।

सम्झौतामा सिटिजन लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र एनआईबीएल एस क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । अधिकृत पुँजी तीन अर्ब रुपैयाँँ रहेको कम्पनीमा संस्थापक सेयरधनीबाट एक अर्ब ७५ करोड रुपैयाँँ चुक्ता भइसकेको र सर्वसाधारणका लागि छुट्ट्याइएको रकम ७५ करोड निकट भविष्यमा सर्वसाधारणलाई सेयर जारी गरी कम्पनीको चुक्ता पुँजी दुई अर्ब ५० करोड रुपैयाँँ पुग्नेछ ।

प्राथमिक सेयर निष्काशन गर्ने तयारीमा रहेको सिटिजन लाइफले सार्वजनिक गरेको यस आव २०७६/०७७ को चौथोे त्रैमासिक (आषाढ मसान्त)को अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सो मा एक सय ६४ प्रतिशतले र कुल बीमा शुल्क आर्जनमा ६९ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । जगेडा तथा कोषको आकार पनि २२ करोड ८६ लाखबाट एक सय १७ प्रतिशतले वृद्धि गरी ४९ करोड ६१ लाख र लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ३१ प्रतिशतको वृद्धि गरी ३३ करोड ८३ लाख पु-याउन सफल भएको जानकारी दिएको छ ।

जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकममध्ये करिब ९१ रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्दती निक्षेपमा लगानी गर्न सफल भएको छ । यसअघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफलप्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ ।

हरेक विषम परिस्थितिलाई अवसरको रूपमा लिँदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरूलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्देश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना वढाउन विद्यार्थीसँग बीमाजस्ता विभिन्न कार्यक्रमहरूलगायत नवीनतम बीमा योजना र व्यावसायिक तथा दक्ष सिटिजन लिडरहरूसहितको सिटिजन टिममार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवाप्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया