Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक १४ सय २५ अंकमा

बजार परिसूचक १४ सय २५ अंकमा


काठमाडौं, साउन २९
सेयर बजार परिसूचक सामान्य अंकले उकालो लागेको छ । अघिल्लो दिन छ अंकले ओरालो लागेको बजार परिसूचक साताको चौथो दिन बुुधबार एक दशमलव ५१ अंकले उकालो लागेर १४ सय २५ दशमलव ३२ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव शून्य दुुई अंकले उकालो लागेर दुुई सय ९७ दशमलव २९ अंकमा चढेको छ । यसदिन कुुल एक सय ८८ कम्पनीहरूको सेयर कारोबार भएको छ । जसअनुुसार २० हजार सात सय १९ वटा कारोबारमा ३० लाख ३२ हजार तीन सय ११ कित्ता सेयर खरिदबिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिदबिक्री हुँदा कारोबार रकम ९५ करोड १९ लाख ६० हजार दुई सय आठ रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएको छ । जसअनुुसार छवटा समूहको सूचक उकालो लागेर छवटा समूहको सूचक ओरालो लागेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक तीन दशमलव ८१ अंकले उकालो लागेर १२ सय १८ दशमलव शून्य दुुई अंकमा चढेकोमा होटल समूहको सूचक पनि शून्य दशमलव ७४ अंकले उकालो लागेर १५ सय १२ दशमलव शून्य आठ अंकमा चढेको छ ।

निर्जीवन बीमा समूहको सूचक पनि ३९ दशमलव आठ अंकले उकालो लागेर छ हजार सात सय २९ दशमलव २९ अंकमा चढेको छ भने जीवन बीमा समूहको सूचक पनि छ दशमलव ७७ अंकले उकालो लागेर आठ हजार छ सय १६ दशमलव आठ अंकमा चढेको छ । यीबाहेक उत्पादनमूलक र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमश शून्य दशमलव ३१ र शून्य दशमलव शून्य नौ अंकले उकालो लागेका छन् । विकास बैंक समूहको सूचक भने यसदिन १० दशमलव ८३ अंकले ओरालो लागेर १७ सय ८१ दशमलव ४३ अंकमा झर्दा जलविद्युुत् समूहको सूचक पनि तीन दशमलव ३४ अंकले ओरालो लागेर नौ सय ६५ दशमलव ७४ अंकमा झरेको छ । यीबाहेक टे«डिङ, फाइनान्स, अन्य र लघुुवित्त समूहको सूचक पनि क्रमशः चार दशमलव ९३, चार दशमलव ४२, एक दशमलव ५१ र छ दशमलव ७४ अंकले ओरालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको स्वदेशी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रुपैयाँ ८९ पैसाले बढेर पाँच सय ७८ रुपैयाँमा किनबेच भएको छ । दोस्र्रो स्थानमा परेको घलेम्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि नौ रुपैयाँ २६ पैसाले बढेर ५९ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक युनाइटेड इन्स्योरेन्स कम्पनी, नेपाल बंगलादेश बैंक आदिको सेयर मूल्य पनि बढेको छ ।

यसैगरी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको युनियन नेपाल हाइड्रो पावर कम्पनीको सेयर मूल्य छ रुपैयाँ ४५ पैसाले घटेर ५८ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको अरुण खोला जलविद्युुत् कम्पनीको सेयर मूल्य पनि पाँच रुपैयाँ ५६ पैसाले घटेर ५१ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक नेपाल फाइनान्स, पोखरा फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन युनाइटेड इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता चार सय १५ रुपैयाँ अन्तिम मूल्यमा छ करोड २० लाख ७३ हजार चार सय ७९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको पाँच सय ८८ रुपैयाँ अन्तिम मूल्यमा छ करोड तीन लाख ८१ हजार चार सय ४४ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनआईसी एसिया बैंक, अजोड इन्स्योरेन्स कम्पनी आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया