Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलिवर्टी इनर्जीको साधारण सेयर भदौ ३ गतेबाट

लिवर्टी इनर्जीको साधारण सेयर भदौ ३ गतेबाट


काठमाडौं, साउन २९
लिवर्टी इनर्जी कम्पनी लिमिटेडले यही भदौ तीन गतेबाट साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ६४ हजार नौ ३० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजीको २५ प्रतिशतले हुने ३७ करोड ५० लाख रुपैयाँँबराबरको प्रतिसेयर एक सय रुपैयाँँ अंकित मूल्य रहेको ३७ लाख ५० हजार कित्तामध्ये स्थानीय बासिन्दाहरूको लागि निष्काशन गरी बाँडफाँट नभएको १३ लाख १५ हजार नौ सय ३० कित्ता समेत गरी कुुल ३५ लाख ६४ हजार नौ सय ३० कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।

सर्वसाधारणहरूले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा भदौ सात गते र ढिलोमा भदौ १७ गते बन्द हुुनेछ । कम्पनीको अधिकृत पुँजी एक अर्ब ५० करोड रुपैयाँँ रहेको छ भने जारी पुँजी एक अर्ब ५० करोड रुपैयाँँ रहेको छ । साधारण सेयरको बिक्रीपश्चात् कम्पनीने चुक्ता पुँजी पनि एक अर्ब ५० करोड रुपैयाँँ नै पुग्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया